पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ बलिउडको एक गीतमा कामुक रुपमा प्रस्तुत भएकी छिन् । उक्त बलिउड गीतमा बलिउड नायक सचिन जोशीसँग अन्स्क्रीन रोमान्स गर्ने क्रममा सृष्टिले आफ्नो कामुकता प्रदर्शन गरेकी हुन् ।
नेपाली चलचित्रमा डेब्यु गर्ने तयारीमा रहँदै गर्दा सृष्टिले बलिउड गीतमा दिएको बोल्ड सिनको कारण उनी यतिखेर चर्चाको पात्र बनेकी छिन् । बलिउड चलचित्र ‘जैक पट’ मा रहेको चर्चित गीत ‘कभि जो बादल बर्से’ को अनप्लग्ड भर्सनमा सृष्टिले अभिनय गरेकी हुन् । उक्त भिडियो मंगलवार सामाजिक युटुब मार्फत सार्वजनिक गरिएको हो । उक्त चलचित्रको ओरिजिनल गीतमा भने सन्नी लिओनको कामुक दृश्यहरु छ ।
0 comments:
Post a Comment