नाला भगवतीलाई फेरि पसिना आयो

अनिष्ट हुने डरले स्थानीय त्रसित
धुलिखेल : काभ्रेको उग्रचण्डी नाला–४ मा रहेको उग्रचण्डी नाला भगवतीको मूर्तिको शिलाबाट साढे सात महिनापछि फेरि पसिना आएको छ ।

शुक्रबार काठमाडौँबाट नाला भगवतीमा पूजा गर्न आएका दर्शनार्थीहरुले मध्यान्ह १२ बजे भगवतीको शिलाबाट एक्कासी पसिना आएको देखेका थिए ।

नाला भगवतीलाई पसिना आएपछि स्थानीयबासी त्रसित बनेका छन् । भगवतीलाई पसिना आएपछि मुलुकमा अनिष्ट हुने किंवदन्ती भएकाले स्थानीय त्रसित बनेको मन्दिरका पूजारी कृष्णगोपाल कर्माचार्यले जानकारी दिए ।
उनका अनुसार काठमाडौँबाट आएका
फोटो :भूकम्पको त्रास भगाउन नाला भगवतीमा पूजा गरिँदै । फाइल तस्बिर
  दुई महिला पूजा गर्ने क्रममा कामेपछि शिलामा पसिना आएको हो ।  भगवतीलाई पसिना आएपछि भगवतीको क्षमापुजा गर्न अनुरोध गरिएको कर्माचार्यले बताए ।

भगवतीको कोखबाट पसिना आउन सुरु भएको केही समयपछि पसिना आउने क्रम कम भएको पुजारी कर्माचार्यले बताए । उनले अहिले पनि भगवतीको दायाँ गोडामा पसिना आइरहेको जानकारी दिए ।

भगवतीलाई यसअघि २०७१ कातिक १५ गते पनि पसिना आएको थियो । भगवतीको शिलाबाट पसिना आएपछि देशमा अनिष्ट हुने किंवदन्ती रहेकोले भूकम्पको पीडामा रहेका सर्वसाधारण फेरि देशमा अर्को अनिष्ट हुने चिन्तामा रहेका छन् ।

कातिक १५ गते नाला भगवतीलाई पसिना आएपछि अनिष्ट हुन नदिन मन्दिर व्यवस्थापन समिति र नालबासीले क्षमापूजा, एक लाख पटक जप, सवा करोड दीप प्रज्वलन गर्नुको साथै नियमित पूजाआजा पनि गरेका थिए ।

भगवतीलाई पसिना आएकै कारण वैशाख १२ गते विनाशकारी भूकम्प गएको हुनसक्ने स्थानीयको बुझाइ छ ।     (लाभगवतीमा भूकम्‍प भगाउन क्षमा पूजा)

कातिक १५ गतेभन्दा अघि करिब एक सय ९४ वर्ष पहिले अर्थात् वि.सं. १८७७ पुस ४ गते शनिवार भगवतीको मूर्ति माथिबाट रगत खसेर ढाड हुँदै बाहुलीबाट खुट्टामुनि गएको नालाबासीले देखेको बुढापाका बताउँछन् ।

त्यसैगरी सोही वर्ष माघ ३० गते कुम्भ लग्ने शरीरको बीच भागबाट रगत आई आङ्गबाट खुट्टामूनि सिंहसानमा गएको हस्तलिखित पट्याउने किताबमा उल्लेख । भगवतीको शरीरबाट रगत बगेको केही महिनापछि हैजा लागेर धेरै नालाबासीको मृत्यु भएको किताबमा लेखिएको छ । 
>
  
(भिडियो हेर्नको लागि पहिला यो तल देखिएको विज्ञापन हटाउनुहोस) Click And Remove Ad To See Video


  1. Video हेरेर प्रतिकृया दिन नभुल्नु होला 

Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Advertisement