भुइँचालोले छोएन मुक्तिनाथ मन्दिरलाई

बिनाशकारी भूकम्पले मुस्ताङमा ठूलो क्षति भए पनि यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरलाई कुनै क्षति भएको छैन । 
जिल्लाका अन्य क्षेत्रमा घर र गुम्बाहरु ढलेपनि मुक्तिनाथ क्षेत्र सुरक्षित रहेको मन्दिरका पुजारी कृष्ण् प्रसाद सुवेदीले जानकारी दिए । मुक्तिनाथको मुख्य मन्दिर दुई वर्ष अघि पुरात्व विभागसँगको सहकार्यमा पुर्ननिर्माण गरिएको थियो । केही धारामा सामान्य क्षति मात्रै भएको छ। सुवेदी भने, 'मुक्तिनाथ मन्दिरलाई छोएन भन्दा पनि हुन्छ।'
मुक्तिनाथको शक्तिको कारण मन्दिरमा केही क्षति नभएको जनविश्वास छ। भूकम्पपछि मन्दिर आउने भक्तजनहरुको स‌ंख्या घटेको छ। हिन्दु र बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्रविन्दु मानिने मुक्तिनाथमा पुजापाठ र दर्शन गरे मनोकाँक्षा पुरा हुनुका साथै पुण्य मिल्ने जनविश्वास पनि छ । 
बिनाशकारी भूकम्पका कारण हिमाली जिल्ला मुस्ताङमा तीन करोड रुपैयाँ भन्दा बढी धार्मिक सम्पदाको क्षति भएको छ । उपल्लो क्षेत्रका ६ गाविसमा पाईने तिब्बती संस्कार, मुक्तिनाथ मन्दिर र दामोदरकुण्डका कारण मुस्ताङलाई धार्मिक पर्यटकीय जिल्लामा रुपमा चिनिन्छ । मुस्ताङ हुदै भारतीय भक्तजनहरु तिब्बतको कैलाश मानसरोवर समेत जाने हुँदा जिल्लामा धार्मिक पर्यटनको संभावना उच्च छ ।
बौद्ध धर्मालम्बीहरुले गाउँ–गाउँमा निर्माण गरेका गुम्बाका कारण विश्वका विभिन्न मुलुकबाट बौद्ध धर्मालम्बीहरु यस क्षेत्रमा भ्रमण र अध्ययनका लागि आउने गरेको पाईएको छ । वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण अधिकाँश गुम्बा र मठमन्दिरमा क्षति पुर्‍याएपनि पाँच वटा गुम्बा पूर्ण रुपमा क्षतिग्रस्त बनेको नेपाल रेडक्रस सोसाईटी मुस्ताङका सभापति चन्द्रबहादुर थकालीले जानकारी दिए ।
थकालीका अनुसार, लोमान्थाङ दरबारमा भित्रको रहेको छ्यादेन, छोण्हुपमा रहेको नाङल्याङ, चर्राङको चर्राङ, छोसेरको निफुक र झोङ गाविसमा अवस्थित झोङ गुम्बा पूर्ण रुपमा क्षतिग्रस्त बनेका छन् । 
जिल्लाभर एउटा गाविसमा कम्तिमा एउटा गुम्बा बनाईएको हुन्छ । पछिल्लो तथ्यांक अनुसारमा जिल्लामा ३१ वटा साना ठुला गुम्बाहरु सञ्चालनमा छन् ।
 ती गुम्बाहरुमा धार्मिक पाठ हुनुका साथै बौद्ध धर्मसंग सम्बन्धित लामा पढाई हुने गर्दछन् । ‘सबै गुम्बाहरुको आ–आफ्नो महत्व र इतिहास हुन्छ, एउटा बनाउन कम्तिमा ५० लाख रुपैयाँ आवश्यक पर्छ, सभापति थकालीले भने, ‘अब सरकारले पुरातात्विक क्षेत्रको विकासमा ध्यान दिनुपर्छ ।’
सबैभन्दा उपल्ला क्षेत्रमा रहेको गुम्बाहरुमा बढी क्षति गरेको पाईएको छ । माटो खादेर बनाईने हुँदा लागत धेरै लाग्ने बताईएको छ । ३१ मध्ये आधा भन्दा गुम्बाहरुमा सामान्य क्षति पुगेको अध्ययन क्रममा देखिएको छ ।
थुप्रै धार्मिक सम्पदाहरुमा क्षति पुगेपछि स्थानीयहरु चिन्तित बनेको लोमान्थाङका इन्द्रधारा विष्टले जानकारी दिए । ‘स्थानीयहरु आफ्नो आस्थाको केन्द्र जीर्ण बन्दा चिन्तित देखिन्छ, राज्यले अब ठूलो लगानी गर्नुपर्ने समय आएको छ, विष्टले भने ।      
Share on Google Plus

About Unknown

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Advertisement